नेपालबाट बसाइँ सर्न थाले कर्‍याङकुरुङ

अत्तरिया : कर्‍याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्‍याङकुरुङ बसाइँ सर्न थालेका हुन् ।

रसिया मङ्गोलियाबाट हजारौं किलोमिटर उडान भरेर यी प्रजातिका चरा भारततर्फ जानेगरेका छन् । नेपालको विभिन्न रुटहुँदै भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबासका लागि जाने कर्‍याङकुरुङ त्यता करिब छ महिनासम्म बसोबास गर्नेगरेको जराविदहरुको भनाइ छ ।

सेप्टेम्बर १ देखि १७ तारेखसम्म कर्‍याङकुरुङको बसाइँ सर्ने खास समय रहे पनि यस वर्ष सेप्टेम्बर २४ गतेबाट बसाइँ सर्न सुरु भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए । उनका अनुसार कर्णाली कोरीडोर हुँदै कर्‍याङकुरुङ भारततर्फ गइरहेका छन् । बसाइँ सर्ने क्रममा कैलाली, कञ्चनपुर र बर्दियाका आकाशमा यी चराहरु देखा परिरहेको जनाइएको छ । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आउने कर्‍याङकुरुङ सारस प्रायः अङ्ग्रेजी अक्षर भी आकार बनाएर आकाशमा उड्ने गर्दछन् ।

कर्‍याङकुरुङ आवाज निकाल्दै आकाशमा कर्‍याङकुरुङ सारस देखा परिरहेको स्थानीय कृष्ण चौधरीले बताए । भारतमा कर्‍याङकुरुङ जाडो यामभरी बस्ने गर्दछन् । जाडो याम सकिन थालेपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तान लगायतका देश हुँदै पुनः रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ फर्कने गरेको चराविद डङ्गौराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.