धनगढी : धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । धनगढीबाट पोखरा जाने बस शनिबार विहान दुर्घटना भएको हो ।
पोखराको लागि छुटेको ग.२ ख. १९०७ नम्बरको बस दुर्घटना हुँदा धनगढी उपमहानगरपालका ४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । घाइतेहरुको धनगढीस्थित अस्पताहरुमा उपचार भइरहेको छ ।
सम्बन्धित पाेस्टहरु