गोदावरी नगरपालिका द्वारा कर्मचारीलाई दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न आग्रह

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अव्यवस्थित रूपमा प्रयोग भइरहेको दुई पाङ्ग्रे सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ। नगरपालिकाले वडा कार्यालय, मालाखेती अस्पताल, स्वास्थ्य सेवा केन्द्र र कृषि–पशुपन्छी उपचार केन्द्रलाई पत्र पठाउँदै तीन दिनभित्र सवारी साधन बुझाउन आग्रह गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिका बैठकको निर्णयअनुसार शाखा प्रमुख, प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेकका पदाधिकारी तथा कर्मचारीहरूले प्रयोग गरिरहेका मोटरसाइकल र स्कुटर तत्काल फिर्ता गर्न भनिएको छ।

नगरपालिकाले सवारी साधन तोकिएका कर्मचारीबाहेक अरूले प्रयोग गर्नु अनियमितता भएको भन्दै जिन्सी शाखामा बुझाउन आग्रह गरेको हो। पत्रमा तोकिएको समयमा सवारी साधन नबुझाए नियमानुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.