अत्तरिया : दसैँमा अपराधिक घट्नाहरु धेरै नै भएका हुन्छन् । नेपालीहरुको महान पर्व दशैंको अवधिमा सुदूरपश्चिम प्रदेशमा विभिन्न अपराध घटनाका ४९ मुद्दा दर्ता हुँदा ४८ जना पक्राउ परेका छन् । अन्य दुई जना अभियुक्त फरार छन् । विभिन्न अपराधका ४९ मुद्दा दर्ता हुँदा ४७ जना पुरुष र १ जना महिला पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एवं डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
कैलाली जिल्लामा कर्तव्य ज्यान मुद्दा दर्ता १ हुँदा एक जना पुरुष र एक जना महिलालाई पक्राउ गरिएको उनले बताए । अछाम, बझाङ्ग बाजुरा, डडेल्धुरामा ज्यान मार्ने उद्योगमा ४ मुद्दा दर्ता हुँदा १३ जना पुरुषलाई पक्राउ गरिएको छ भने एक जना फरार छन् । कंञ्चनपुर, दार्चुला, बझाङ्ग, बाजुरामा भवितव्य ज्यान (सवारी भवितव्य) सहित का ८ मुद्दा दर्ता भएका छन् ।
अछाम, कैलाली र कंञ्चनपुरमा फुटकर ज्यानका ४ मुद्दा दर्ता भएका जनाएको छ । कैलाली, कंञ्चनपुरमा बिष खाएका २ मुद्दा दर्ता छन् । कैलाली, कञ्चनपुर, बझाङ्ग, र बैतडीमा झुण्डिएरका १५ मुद्दा दर्ता भएको उनको भनाई छ । कैलाली र कंचनपुबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मा २ मुद्दा दर्ता भएको र १७ जना पुरुषलाई पक्राउ गरिएको उनले बताए ।
कैलाली र दार्चुलामा लागु औषधमा ३ मुद्दा दर्ता हुँदा ६ जना पुरुष पक्राउ गरिएको छ । कैलाली, डडेल्धुरा अछाममा सार्बजनिक हित स्वास्थ्य सम्बन्धीका ३ मुद्धा दर्ता हुँदा ६ जना पुरुष प्रहरीले पक्राउ गरेको छ । कैलालीमा जवरजस्ती करणी समबन्धिमा १ मुद्धा दर्ता हुादा १ जना पुरुष पक्राउ गरिएको उनले बताए । कैलाली, बैतडी, कंञ्चनपुर, डडेल्धुरामा सवारी ज्यान सम्बन्धि ६ मुद्धाका ४ जना पुरुष पक्राउ गरिएको छ भने एक जना फरार रहेको डिएसपी श्रीवास्तवले जानकारी दिए । दसैँमा घर छोडेर यताउता जाने भएका हुँदा बढी अपराधिक घट्ना हुने गरेको प्रहरीको भनाई छ ।