अत्तरिया, २२ असोज : कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बास्कोटामा लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ ।
ज्वाला देवी युवा क्लबद्वारा आयोजित प्रतियोगिता आज (बुधबार) देखि सुरु भएको हो । प्रतियोगिता ज्वाला देवी युवा क्लबका सचिव खेम जोशीको सभापतित्वमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष हेम प्रकाश मल्ल रहेका थिए । उनले प्रतियोगिताको उद्घाटन गरे ।
समारोहमा वडाध्यक्ष हेम प्रकाश मल्लले खेल अनुशासित भएर खेल्न आग्रह गर्दै खेल माध्यमबाट युवाहरुलाई सकारात्मक क्रियाकलापमा जोड दिने विश्वास व्यक्त गरे । समाजमा धेरै व्यक्तिहरू लागूऔषध जस्ता कुलतमा फस्दै गइरहेको अवस्थामा यस्ता खेलहरु मार्फत न्यूनीकरका गर्न सहयोग गर्ने भन्ने विश्वास उनले व्यक्त गरे ।
खेलको शीर्षक प्रायोजक लोटस आई अंग्रेजी माध्यमिक विद्यालय रहेको छ । यस्तै उद्घाटनको पहिलो खेल सि वाई सी क्रिकेट एकेडेमी अत्तरिया र व्हाइट बल क्रिकेट बीच भएको छ । प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहेका छन् ।
प्रतियोगिता यहि भदौ २८ गते सम्म संचालन हुने भएको छ । प्रतियोगितामा लिग चरणमा खेलहरु खेलाइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । भने दोस्रो हुने टिमलाई २० हजार नगद सहित ट्रफी, मेडल प्रमाण पत्र, वितरण गरिने भएको छ । यस्तै उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लवले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु