बझाङी भाषा, कला र संस्कृती संरक्षणका लागि सम्मेलन धनगढीमा

धनगढी, : बझाङको मौलिक भाषा कला संस्कृती संरक्षणका लागि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पहिलो पटक ऐतिहासिक बझाङी भाषा संस्कुती तथा पर्यटन सम्मेलनको आयोजना गरिएको छ । बझाङ जिल्लाको मौलिक भाषा तथा संस्कृती हराउँदै गएपछि बझाङी समाज काठामाडौँ, सुर्मादेवी बझाङी समाज धनगडी र बझाङी सेवा समाज अत्तरियाले संयुक्तरूपमा बझाङी भाषा संस्कुती तथा पर्यटन सम्मेलन २०८२ सञ्चालन गरेको हो ।

सम्मेलनमा बझाङको मौलिक भाषा तथा संस्कृतीलाई संरक्षण तथा सम्वर्धन गर्नका लागि विभिन्न कार्यपत्र प्रस्तुती ,बझाङको मौलिक संस्कृतीहरू भुवो नाथ , भार्त्र्या नाँच , माङ्गल , देउडा , डुस्को तथा धमारीको समेत प्रदर्शनी गरिएको छ ।

बझाङ जिल्लाको मौलिक तथा प्राचिन भाषा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेपछि बझाङ जिल्ला जन्म भएर देशका विभिन्न ठाउँमा कर्मक्षेत्र बनाएर बस्नु भएका विभिन्न विधाका विज्ञ लगायत बझाङ पुख्यौली घर भई प्रदेश राजधानी धनगडी तथा कन्चनपुर जिल्लामा बसोवास गर्नेहरूको समेत कार्यक्रममा सहभागितका रहेको छ । कार्यक्रममा विभिन्न ११ वटा कार्यपत्र समेत प्रस्तुत गरिएका छन् ।

बझाङी भाषाको विकास क्रम, बझाङी भाषाको समाज भाषिकाको अवस्था, बझाङी भाषा र सस्कृती , बझाङी भाषा लोक साहित्य, लोक कथा, र लोक संस्कृती , बझाङी भाषाको भाषिक भेद र व्याकरण व्यवस्था , बझाङी भाषाको अवस्था र शब्दकोष , बुङ्गलक्षेत्रको ऐतिहासिक , धार्मिक, सस्कृतिक भाषिक र पर्यटकिय सम्भावना , बझाङको पर्यटन सम्भावना र चुनौतीलगायतका कार्यपत्रमा व्यापक छलफल गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा काम गरी रहेका बझाङी भाषा र सस्कृती सम्बन्धी विज्ञ, पर्यटन तथा अन्य व्यवसायी र विभिन्न पेसा तथा व्यवसायीसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सुदू्रपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बझाङी भाषा सुदूरपश्चिम प्रदेशको मौलिक तथा प्राचिन भाषा भएकाले यसको संरक्षण तथा सम्वर्धनका लागि सबैले लाग्नुपर्नेमा जोड दिए ।

उनले बझाङ इतिहास तथा संस्कृतीको समेत उदगम भूमि भएकाले भाषा तथा कला संस्कृती जर्गेनाका लागि गरिएको प्रयास ऐतिहासिक भएको समेत बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका त्रिभुवन विश्व विद्यालयका पुर्व अंग्रेजी विभागका प्रमुख अम्मरराज जोशीले भने, “बझाङी राजा तथा राष्ट्रिय विभुती जयपृथ्बीबहादुर सिंहले नेपाली भाषाको प्रहिलो पुस्तक प्राकृत व्याकरण समेत प्रकाशित गरेको स्मरण गर्दै बझाङको मौलिक भाषा प्राचिन सभ्यतासँग जोडिएकाले यसको संरक्षण तथा सम्वर्धन गर्नु आजको आवश्यकता रहेको छ ।” यसै बिच बझाङ जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा ख्याती प्राप्त विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.