दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुला,कार्तिक ७। दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार बिहान दार्चुलाको मार्मा गाउँपालिका–३ मा लटिनाथबाट सारसीतर्फ जादै गरेको सु.प.प्र.०१–००१ज १६६२ नम्बरको जिप दुर्घटना भएको छ।

दुर्घटनामा परेर जिप धनी मार्मा गाउँपालिका–३ बग्देखोला बस्ने ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए।

उनकाअनुसार जिप सडकबाट करीब दुई सय मिटर तल खोलामा खसेको छ। ठगुन्नाको उपचारका क्रममा लटिनाथ स्वास्थ्य चौकीमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय लटिनाथबाट घटनास्थलमा प्रहरी टोली पठाइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.