बाजुरामा बस दुर्घटना : २५ जना घाइते

बाजुरा  : बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परी २५ जना घाइते भएका छन् । चालकसहित २६ जना सवार रहेको बसमा २५ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि २३ जनालाई मार्तडी र २ जनालाई कोल्टी अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको सबैको अवस्था सामान्य रहेको जनाएको छ ।

शनिवार दिउँसो बुढीनन्दा नगरपालिका ७ सास्थामा बस दुर्घटना भएको थियो । कोल्टीबाट धनगढीका लागि छुटेको सदरमुकामतर्फ आउँदै गरेको सु.प.प्र.०१ ००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.