कात्तिकमै कैलालीमा बाक्लो हुस्सु

अत्तरिया : कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।

मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ ।

 

हुस्सु लागेसँगै विस्तारै चिसो पनि बढ्ने धनगढी उपमहानगरपालिका–८ का विवश चौधरीले बताए । “आज त खासै चिसो महसुस भएको छैन”, मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनु भएका उनले भने, “तर यस्तै रह्यौ भने अब चिसो बढ्दै जान्छ ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अकितम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.