गोदावरी नगरको तेघरीमा बस ठक्करबाट वृद्धाको ज्यान गयो

अत्तरिया : कैलालीको गोदावरीमा बुधबार बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले महाकाली राजमार्ग स्थित गोदावरी तेघरी, आर्मी ब्यारेक गेट नजिकै भएको घटनामा अन्दाजी ८० वर्षीय वृद्धको मृत्यु भएको जनाएको छ।

वृद्धाको पहिचान खुल्न सकेको छैन। प्रारम्भिक विवरणअनुसार उनी दिपायलबाट धनगढी तर्फ आउँदै थिए र ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनाको विस्तृत कारण र अन्य तथ्याङ्क बारे रिपोर्ट आउन बाँकी रहेको जनाएको छ। स्थानीय प्रशासन र ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि थप सुरक्षा उपायको तयारी गरिरहेको छ।

मृतकको परिवार पत्ता लाग्ने बित्तिकै अधिकारीहरूले शवलाई परिवारको जिम्मा दिने तयारी गरेका छन्।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.