धनगढी : सुदुरपश्चिम यातायातले ठूलो लगानीका बस सेवा शुरु गरेको छ । राजगद्दी एक्सप्रेस नाम दिइएको उक्त बस सेवाको एक कार्यक्रमका बिच शुक्रबार देखि संचालनमा ल्याइएको छ । धनगढी बसपार्क देखि काठमाडौ सम्म ती बसहरु संचालन हुने छन् ।
राजगद्दी बसको लगानी १ करोड ३० लाख बढी रहेको छ । अहिले ६ वटा बसहरु संचालनमा आएका छन् । सुप यातायातका अध्यक्ष पदम सापकोटाका अनुसार उक्त गाडीमा भाडा धनगढी–काठमाडौ ३५ सय रुपैयाँ निर्धारण गरिएको छ । जसमा खाना र खाजा पनि दिइने छ ।
गाडीमा दुई जना चालक रहने छन् । गाडीमा यात्रुहरुको लागि सुबिधा सप्पन्न सिटहरु रहेका छन् । राजगद्दी एक्सप्रेस बसले यहाँको पर्यटनमा समेत टेवा दिने नाटा सुदुरपश्चिमका अध्यक्ष पदम बिक्रम सिँहले बताए ।
कैलाली उद्योग बाणिज्य संघ अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम यातायातले निजि क्षेत्रको प्रतिनिधित्व गरेर यहाँको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले आगामी दिनमा नयाँ बसहरुमा पनि सुन्दरपश्चिम पोष्टर अभियान चलाइने बताए ।
यस्तै राष्ट्रिय यातायात ब्यवसायी महासंघका प्रदेश अध्यक्ष टेक राज जोशीले आफुहरुले यस क्षेत्रमा यातायात को क्षेत्रमा ठुलो लगानी गरेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाए । उनले धनगढी बसपार्क माछा बजार जस्तो भएकाले यसको उचित ब्यबस्थापन गरिनुपर्ने बताए ।
कैलाली बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख डा. हेमराज पन्तले सुप यातायातले यस क्षेत्र को यातायातमा मात्रै नभएर अन्य सामाजिक क्षेत्रको विकासमा पनि योगदान पुर्याएको बताए । उनले नाम अनुसार को राजगद्दी सेवा बसले दिने विश्वास व्यक्त गरे ।
सुन्दरपश्चिम यातायात ब्यबसायी संघका अध्यक्ष पदम सापकोटाले राजगद्दी बसले यात्रुहरुलाई गुणस्तरीय सेवा दिने बताए । उनले बसमा लगानी मात्रै बढाएर नहुने चालक परिचालकले पनि यात्रुमैत्री व्यबहार गर्नुपर्ने सुझाव दिए ।