सुनको मूल्यमा ७ सय रुपैयाँले बृद्धि, कतिमा हुँदैछ कारोबार ?

अत्तरिया : नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबार २८ सय रुपैयाँले बढेको सुन आज ७ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ७ सउ रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४३ हजार कायम भएको छ। बुधबार सोही परिमाणको सुन २ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १८५ रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.