दुर्गमवासीको जीवनस्तर परिवर्तन गर्न लागिपरेको छु : मुख्यमन्त्री शाह

बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका यहाँका स्थानीयको जीवनस्तर परिवर्तन गर्नका लागि आफू सदैव लागि परेको बताएका छन ।

बाजुरा भम्रणको क्रममा हिमाली पुगेका मुख्यमन्त्री शाहले हिमाली गाउँपाकिाले आयोजना गरेको एक भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।

हिमाली गाउँपालिका जिल्लाकै एक दुर्गम पालिका हो । यहाँका स्थानीयले लामो समय दुखी विभिन्न दुःख कष्ट पाउँदै आएका छन् । हामीले यहाँका स्थानीयलाई सहज हुने गरी सडकमा रकम विनियोजन गरेका थियौं ।

उनले भने, ‘‘त्यो सडकले पछिल्लो समय यहाँका स्थानीयलाई केही सुविधा प्राप्त भएको छ । अँझै पनि यहाँका स्थानीयका खानेपानी शिक्षा र स्वास्थ्य लगायतको सुविधाको अभाव छ । यसका लागि आफू यो पदमा रहुन्जेलसम्म लागिपर्नेछु । यहाँको कच्ची सडकलाई पक्की गर्ने गरी आफूले प्रदेशबाट रकम विनियोजन गर्न तयार छु ।’’

यहाँ केही योजना प्रदेशबाट सञ्चालन भएका छन् । ती योजनाले यहाँका स्थानीयलाई केही सहज बनाएको छ । अझैँ पनि यहाँका स्थानीयको चाहाना आवश्यकता पूरा गर्नका लागि आफू सधैँ प्रयासमा रहने औँल्याए।

यहाँका स्थानीयलाई अझै शिक्षा, स्वास्थ्य र खानेपानी निकै अभाव छ । उनीहरुलाई यस्तो अभाव नहुने गरी आफूले यहाँका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाउनेछु ।

यहाँका स्थानीयको जीवनस्तर परिवर्तन गर्नका लागि यहाँको स्थानीय प्रदेश र सङ्घीय सरकारसमेत लाग्नुपर्छ । हामी सबैको हातेमालोले यहाँका स्थानीयको जीवनस्तरमा परिवर्तन गर्नुपर्छ ।

उनले भने, ‘‘यो ठाउँ जडीबुटीको पनि मुख्य स्रोत हो । यसलाई राम्रोसँग सदुपयोग गरी आगामी दिनमा बजेट व्यवस्था गर्नेछु । साथै यहाँका स्थानीयको मुख्य पेशा भेडाबाख्रा पालन हो । हामी यसलाई थप व्यवस्थित गर्ने गरी काम गर्छौं ।’’

यहाँका स्थानीयको जीवन परिवर्तनका लागि आफूले केही काम गर्दै आएको र फेरि पनि उनीहरुको आर्थिक, शैक्षिक, स्वास्थ्य, खानेपानी पहुँचका लागि सधैँ लागिपर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

साथै शाहले हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा निर्माण सम्पन्न भएको सुविधायुक्त स्वास्थ्यचौकी सञ्चालनका लागि चाहिने आवश्यक सामग्री उपलब्ध गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरे ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ धुलाचौरमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माण गरिएको छ । तर त्यहाँ सुविधायुक्त स्वास्थ्य सञ्चालन गर्नका लागि आवश्यक सामग्रीको अभाव छ ।

यही अवस्थालाई दृष्टिगत गर्दै शाहले यो सुविधायुक्त स्वास्थ्यचौकी सञ्चालन गर्नका लागि यहाँ चाहिने आवश्यक सामग्री उपलब्ध गर्नका लागि तयार गरेको मन्त्री शाहले बताए ।

आर्थिक वर्ष २०८०र८१ मा पालिका र सङ्घीय सकारको दुई करोडभन्दा बढी लगानीमा तीनतले स्वास्थ्य भवन निर्माण गरिएको छ । यो भवनको २०८२ असारमा मसान्तसम्म निर्माणको काम सम्पन्न गरिएको थियो ।

भम्रणका लागि बाजुरा पुग्नुभएका मन्त्री शाहलाई यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधार निर्माणका लागि ज्ञापन पत्र बुझाएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।
मन्त्री शाहले बाजुराको दानसाँगु खोलामा निर्माण हुन लागेको पक्की पुलको समेत उद्घाटन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.