सरकारले निर्वाचनका लागि भयरहित वातावरण बनाउनुपर्छ : नेता डा. रावल

धनगढी : नेपाली कम्युनिस्ट पार्टीका नेता डा भीम रावलले पार्टीले सरकारले आगामी निर्वाचनका लागि निश्पक्ष र भयरहित वातावरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘ताजा जनादेशका निर्वाचनमा जान नेपाली कम्युनिस्ट पार्टी तयार छ । तर, सरकारले त्यसका लागि निश्पक्ष र भयरहित वातावरण बनाउनुपर्छ ।’

उनले भने ‘मैले सुन्ने गरेको छु । अझै पनि सरकारका कयौं हतियार,गोलिगठ्ठा सरकारको नियन्त्रमा आएका छैनन् । तत्काल आफ्नो नियन्त्रणमा लेओस् ।’
‘नेपाली कम्युनिष्ट पार्टी आगामी फागुन २१ को निर्वाचन भाग लिएर देशको प्रमुख शक्ति भएर नेतृत्व दिन चाहान्छ’ उनले भने ‘प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते होस् वा अरु दिन होस् प्रमुख राजनीतिक शक्ति नेपाली कम्युनिष्ट पार्टी हुन्छ ।’

बिगतका कमजोरी सच्याएर देश र जनताका हितका लागि नेपाली कम्युनिष्ट पार्टीले काम गर्ने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.