कैलाली–५ मा पनि निर्वाचनबाट एमालेको महाधिवेशन प्रतिनिधि छनोट

धनगढी : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा शनिबार सम्पन्न भएको मतदानबाट खुला, महिला र युवा गरी कुल ७ जना प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार खुला तर्फ ८ उम्मेदवार प्रतिस्पर्धामा रहे। तीमध्ये सर्वाधिक मत पाउँदै धर्मराज पाठक, यज्ञ ढुंगाना, बिस्णु कुमार चन्द र नेपालु चौधरी प्रतिनिधि चयन भएका छन्। यस्तै जिबन बम, राजेश खाति, धिमलाल जोशी र यज्ञराज बास्तोला पराजित भएका छन्।

महिला कोटामा ४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा अम्बिका बिष्ट (मल्ल) र रुक्मणि देवकोटा विजयी बनेका छन्। यस्तै कन्दकला राना र जानकी चौधरी पराजित भए।
युवा कोटामा दुई उम्मेदवारबीच भएको प्रतिस्पर्धामा तिर्थराज भट्टराई विजयी भएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका किशोर शाह पराजित भए।

शनिबार विहानदेखि नै मतदानस्थलमा सदस्यहरूको बाक्लो उपस्थिति देखिएको निर्वाचन समितिले जनाएको छ। मतदानसमेत शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सम्पन्न भएको समितिका संयोजक नेत्रनाथ जोशीले जानकारी दिए। उनका अनुसार मतगणना पनि पूर्ण पारदर्शितासहित सम्पन्न गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.