अत्तरिया : गोदावरी नगरपालिका वडा नं ६ लालपुर स्थित जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
शनिबार संस्थाका अध्यक्ष बालकृष्ण ओझाको अध्यक्षतामा आयोजित साधारण सभाका प्रमुख अतिथि पूर्व मन्त्री विर बहादुर बलायर रहेका थिए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष बाल कृष्ण ओझाले गरेका थिए । साथै आर्थिक प्रतिवेदन प्रस्तुत संस्थाका लेखा समिति संयोजक पदम बहादुर साउदले गरेका थिए ।
अध्यक्ष ओझाले संस्थामा आबद्ध सदस्यहरूको हितका लागी हरेक वर्ष रोजगार, कृषि उत्पादन क्षेत्रमा सहज बनाउन निम्ति शिपमुलक तालिम प्रदान गर्दै आइरहेको साथै संस्थाका कृषिमा आधारित रहेको सदस्यहरुलाई बेमौसमी तरकारी खेती तालिम लगायत सर्व सुलभ मूल्यमा मलखाद वितरण गर्दै आइरहेको बताए । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत अनुसार २०७१ सालमा २६ जना सदस्यहरू भेला भई ३ लाख ९० हजार शेयर पूँजी बाट सञ्चाल यस संस्थामा हाल १ हजार ३ सय ७१ जना शेयर सदस्यहरु रहेको संस्थामा १ करोड २ लाख ८ हजार ६ सय शेयर पूंजी पुगेको छ । संस्थाले अर्थिक वर्ष २०८१\०८२ मा ८ करोड ६४ लाख ७८ हजार बराबरको आर्थिक कारोबार गरेको छ । भने उक्त कारोबारबाट १८ लाख ५३ हजार ९१७ रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस्तै जगेडा कोषमा ३१ लाख १२ हजार ५७१ रूपैयाँ रहेको छ । संस्थाले ०८१\०८२ मा ६ करोड ६० लाख ८ हजार बराबरको रकम कर्जामा लगानी गरेको छ भने निक्षेप तर्फ ५ करोड ८३ लाख १० हजार रुपैयाँ बचत संकलन गरेको छ ।
सभामा स्वागत् मन्तब्य संस्थाकी कर्मचारी तुलसी शाहुले गरेकी थिइन् । भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक कृष्ण राज ओझाले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु