शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि तेस्रोपटक विज्ञापनपछि दुई जनाको आवेदन

अत्तरिया  : तीन पटकको विज्ञापनपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिको लागि दुई जनाको आवेदन परेको छ । तेस्रो पटकको विज्ञापन समयमा दुई जना उम्मेदवारको आवेदन परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका उपसचिव सुरेश कुमार जोशीले जानकारी दिए ।

उपकुलपतिको लागि आवेदन नै नपरेपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले तीन पटक विज्ञापन गर्नुपरेको छ । शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले पहिलो पटक कात्तिक १६ गते उपकुलपतिको लागि आवेदन खुलाएको थियो ।

तर,आवेदन नै परेन । त्यसपछि कात्तिक ३० गते मंसिर ५ गतेसम्मको लागि आवेदन पेस गर्ने म्याद थपियो । त्यसबेला पनि आवेदन परेन । त्यसपछि फेरी समितिले मंसिर २४ गते मंसिर २८ गतेसम्मको आवेदन दिने समय थपेर विज्ञापन जारी ग-यो ।

‘तेस्रो पटक विज्ञापन गरेपछि बल्ल दुई जनाको आवेदन परेको हो,’महाशाखाका उपसचिव जोशीले भने । कार्यविधिअनुसार आवेदकहरूको योग्यता हेरेर उपकुलपति नियुक्ति प्रकृया थाल्ने उनले जानकारी दिए । उनले भने,‘अब हामी कार्यविधिअनुसार योग्यता पुगेको छ छैन भनेर हेर्छौ,यदि योग्यता पुगेको हो भने आवश्यक प्रकृया थालेर उपकुलपति नियुक्ति हुन्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.