राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु र धनगढीका मेयर हमालबिच भेटवार्ता

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल (गोपी) हमालबिच भेटवार्ता भएको छ।

रास्वपाका प्रदेश सभापति प्रकाश विष्ट, प्रदेश महामन्त्री लगायतका नेताहरूको टोलीले मेयर हमालसँग भेटघाट गरेको हो। केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला र स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग संवाद गरेको हो।

भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू र सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।

विशेषगरी मुलुकमा वैकल्पिक शक्तिका रूपमा देखिएका पक्षहरूबिचको सहकार्य र एकताको आवश्यकताका बारेमा दुवै पक्षबिच गहन संवाद भएको बताइएको छ। भेटपछि सामाजिक सभापति विष्टले देश र प्रदेशको भविष्यका लागि जिम्मेवार नेतृत्वबिच यस्ता संवादहरू निरन्तर आवश्यक रहेको बताएका छन्। भेटमा रास्वपाका प्रदेश कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

रास्वपाले पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आफ्नो साङ्गठनिक सक्रियता बढाउनुका साथै स्थानीय तहका जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्रता दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.