अत्तरियामा जारी महोत्सवमा आज रामजी खाँड लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील सांस्कृतिक महोत्सवमा आज राम जी खाँड लगायतका कलाकारले आफ्नो बेजोड प्रस्तुति रहने भएको छ ।

महोत्सवमा आज खाँडका अलावा नायक प्रभात पाल ठकुरी, गायिका अस्मिता अधिकारी, लक्ष्मी नेपाली, डान्सर सबिता लामा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा आइतबार -यापर जी बब, हिमाल सागर लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए । न्यु सृजनशील युवा क्लबको आयोजनामा अत्तरियामा आयोजित महोत्सव पुस ९ गते देखि सञ्चालन भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.