करियर स्टेशन पिएफए भेट्रान्स कप–७ : अनुपमा र गेटाको जित

अत्तरिया : कैलालीको अत्तरियामा मंगलबारदेखि सुरु भएको करियर स्टेशन पिएफए भेट्रान्स कपको सातौँ संस्करणमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।

उद्घाटन खेलमा अनुपमा अलराउन्डर्सले अत्तरियालाई १५५ रनले पराजित गर्दै विजयी सुरुवात गर्‍यो। टस जितेर ब्याटिङ गरेको अनुपमाले २० ओभरमा ७ विकेट गुमाउँदै १९४ रन बनायो। सुरज चन्दले नटआउट ११४ रन र सूर्यकमल श्रेष्ठले ४१ रनको योगदान दिए। जवाफमा अत्तरिया १३.४ ओभरमै ३९ रनमा अलआउट भयो।

दोस्रो खेलमा गेटा रोयल्सले महेन्द्रनगर ब्वाईजलाई १२१ रनले हरायो। गेटाले २० ओभरमा ४ विकेट गुमाएर २४० रन बनायो। विपिन चन्दले ३६ बलमै शतक पूरा गरे भने हरिष कार्की र नरेन्द्र चन्दले क्रमशः ५३ र ४५ रन जोडे। लक्ष्य पछ्याएको महेन्द्रनगर ११९ रनमै समेटियो।

प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुने आयोजकले जनाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.