अत्तरिया : अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज पशुपति शर्मा, शान्ति श्री परियार लगायतका कलाकारले आफ्नो प्रस्तुति रहने भएको छ ।
आयोजक न्यु सृजनशील युवा क्लबका अनुसार महोत्सवमा टेक बिसी, दुर्गा भट्टले पनि आफ्नो प्रस्तुति राख्ने छन । पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सव आज सकिने भनिए पनि २ दिन थप गरिएको छ । महोत्सव पुस २१ गते सम्म सञ्चालन हुने क्लबका अध्यक्ष नर बहादुर राईले जानकारी दिए ।