हिमशिखर सहकारीको १७ औँ वार्षिक साधारणसभा, विभिन्न व्यक्तित्व सम्मानित

धनगढी । कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभाको उद्घाटनसत्र सम्पन्न भएको छ । हिमशिखरको धनगढी, गोदावरी, कैलारी र बडैपुर गरी ४ वटा शाखामा सेवा दिँदै आएको छ । साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका व्यवस्थापक महेन्द्र शाहिले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०\०८१ मा कुल सम्पत्ति ७५ करोड २८ लाख ५३ हजार रुपैयाँ रहेकोमा आव २०८१\०८२ मा १३ करोड १८ लाख २६ हजार रुपैयाँले वृद्धि भै ८८ करोड ४६ लाख ८० हजार रुपैयाँ रहेको उल्लेख गरे । यस्तै आर्थिक बर्ष २०८०\०८१ मा संस्थाको शेयर पुँजी रु.४ करोड २ लाख २१ ह्जार रहेकोमा आव २०८१\०८२ मा वृद्धि भइ रु.४ करोड ६६ लाख ३४ हजार रहेको बताए । जुन अघिल्लो आवभन्दा गत आवमा १५.९५ प्रतिशतले वृद्धि भएको उनले बताए ।
त्यस्तै आव २०८०\०८१ मा संस्थाको कुल बचत निक्षेप रु. ५० करोड २३ लाख ५९ हजार रहेकोमा आव ०८१÷०८२ वृद्धि भइ रु.६१ करोड ९० लाख २५ हजार कायम भएको उनले जानकारी दिए । उनले आव २०८१\८२ मा संस्थाको कुल आम्दानी रु.३ करोड ९५ लाख ३२ हजार रहेको बताए ।

यस्तै, २०८१\०८२ को मसान्तमा नगद र बैंक मौज्दात रु.१५ करोड ३० लाख २० हजार भई संस्थामा २४.७२ प्रतिशत तरलता कायम रहेको उनले जानकारी दिए । कार्यक्रममा लेखा समिति सदस्य खेमराज अवस्थीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । सहकारीको विभिन्न शाखा मध्ये उत्कृष्ट कर्मचारीको रुपमा जमुना फुलारा पाण्डेयलाई सम्मानि गरेको हो । यस्तै सहकारी क्षेत्रमा कलम चलाए बापत पत्रकार टंक कुँवर नगदसहित सम्मानित गरिएको छ ।

साहित्यकार यज्ञराज यात्री, जेष्ठ नागरिक शेयर सदस्य बडैपुर शाखाका सुर्य नारायण महत्व, हसुलिया शाखाबाट मायाराम चौधरी, धनगढी शाखाबाट छेदनी चौधरीलाई सम्मान गरेको हो ।


यस्तैगरी संस्थामा उत्कृष्ठ बचतकर्ता र असल ऋणीलाई पनि सम्मान गरेको हो । गोदावरी नगरपालिकाको अत्तरिया शाखाबाट राधिका भट्टराई, गौरीगंगा नगरपालिका बडैपुरशाखाबाट लक्ष्मी बोहरा, कैलारी गाउँपालिका हसुलियाबाट सन्तु राना र धनगढी शाखाबाट प्रेमबहादुर बोहरा, सरस्वती कुमारी वमलाई उत्कृष्ट बचत कर्ताका रुपमा सम्मान गरेको छ ।


संस्थामा असल ऋणीका रुपमा अत्तरिया शाखाबाट पञ्चराम चौधरी, हसुलिया शाखाबाट विदेशुराम डगौरा थारु, चल्लुराम चौधरी र धनगढी शाखाबाट वविता चौधरी, शिवराज जैशीलाई सम्मान गरेको हो । साधारण सभाको उद्घाटनसत्रको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए ।

साधारण सभाको उद्घाटनसत्रमा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य, ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो । यो चुनावी साधारणसभा भएकाले संस्थाको नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.