सशस्त्र प्रहरीद्वारा पश्चिमी नाका गड्डाचौकीबाट झण्डा मार्च कार्यक्रम सुरु

अत्तरिया । सशस्त्र प्रहरी बल नेपालले पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु गरेको छ । आगामी माघ महिनामा मनाइने सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा आइतबारदेखि पूर्वी नाका र पश्चिमी नाका गड्डाचौकीबाट एकैसाथ राष्ट्रिय झण्डा बोकी झण्डा मार्च सुरु गरिएको हो ।

२५ औँ सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सवको अवसरमा आयोजित पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैजनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप कुमार पालले आगामी माघ महिनामा मनाउन गइरहेको रजत महोत्सवको ऐतिहासिक अवसरलाई स्मरणीय प्रेरणादारी तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम आयोजना गरिएको बताए ।

आगामी माघमा मनाइने रजत महोत्सवको पूर्व सन्ध्यामा नेपाल भारत खुला सीमा नाका, विभिन्न संवेदनशील र महत्वपूर्ण नाका हुँदै आइतबारदेखि मार्च पास कार्यक्रमको सुरु गरिएको उनले बताए । उनका अनुसार, पूर्व–पश्चिम झण्डा मार्च आगामी १८ दिनसम्म सञ्चालनमा रहने छ । आइतबार पश्चिमी नाकाबाट झण्डा मार्च टोलीलाई झण्डा हस्तान्तरण गर्दे मार्च सुरु गरिएको थियो ।

आइतबार पूर्वी नाका र पश्चिमी नाका गड्डाचौकीबाट एकै साथ राष्ट्रिय झण्डा बोकी प्रारम्भ गरिएको मार्चमा सहभागी टोलीहरू नवलपुर जिल्लामा भेटघाट गरी संयुक्त झण्डा मार्च तथा विशेष समारोहका साथ २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ रजत जयन्ती मनाउने तयारी सशस्त्र प्रहरी बल नेपालले गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि देश र देशवासीको सुरक्षा, हितका लागि राज्यले सुम्पिएको कार्यादेश अनुरूप कार्य गर्दै आएको बताउनुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक पालले स्थापना दिवसमा सङ्गठनको २५ वर्षे यात्राको समग्र मूल्याङ्कन गर्दे भविष्यका सुरक्षा चुनौतीहरूलाई समेत रणनीतिक रूपमा सम्बोधन गरिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.