काठमाण्डौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगले छानबिन सुरु गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो । अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो ।
आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो । त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ । आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ ।’