एमालेले कैलालीकी नेतृ भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार उनाउने

अत्तरिया । नेकपा एमालेले सुदूरपश्चिमबाट कैलालीकी नेतृ लिला भण्डारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । भण्डारी पूर्वमाओवादीबाट एमालेमा समायोजन भएकी थिइन् ।

२०५५ सालमा अनेमसंघ (क्रान्तिकारी) को जिल्ला सचिव भएपछि भूमिगत जीवन शुरु गरेकी उनले २०६२ देखि ०६४ सम्म नेकपा माओवादीको केन्द्रीय सदस्य र बर्दिया जिल्ला कमिटी इञ्चार्जको जिम्मेवारी पाएकी थिइन् । उनले एमालेको ११ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला तर्फ केन्द्रीय सदस्यको चुनाव जितेकी थिइन् ।

केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सम्बद्ध उनले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएकी थिइन् । २०७५ सालमा एमाले केन्द्रीय सदस्य भएकी उनी १० औँ महाधिवेशनपछि पोलिटब्युरो सदस्य थिइन् । उनी जनयुद्ध लडेकी महिला हुन् । माओवादी हुँदै नयाँ शक्ति भएकी भण्डारी नेकपा एकता भन्दा पहिल्यै उनी एमाले भित्रिएकी हुन् ।

उनी जनयुद्ध लडेकी महिला हुन् । माओवादी हुँदै नयाँ शक्ति भएकी भण्डारी नेकपा एकता भन्दा पहिल्यै उनी एमाले भित्रिएकी हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.