एमालेको अछाम १ मा फेरिए उम्मेदवार, प्रलोपाका साउदलाई ‘सूर्य’ चिन्ह

अछाम : नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ मा उम्मेदवार फेरिएका छन । यसअघि एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरालाई एमालेको उम्मेदवार बनाउने सचिवालयले निर्णय गरेको थियो ।

अहिले यस क्षेत्रमा दीपक साउदलाई एमालेले टिकट दिएको छ । साउद माओवादी हुँदै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्य थिए । अछाम–१ मा आफू एमालेबाट उम्मेदवार भएको उनले बताए । एमालेले सचिवालयबाट टुङ्गाएको उम्मेदवार बोहराकै समर्थनमा आफू एमालेबाट उम्मेदवार बनेको साउदले बताए ।

यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट भीम रावल उम्मेदवार बन्दै छन् । अघिल्लो निर्वाचनमा एमालेबाट झपट बोहराले टिकट पाएका थिए । यहाँ नेकपा एकीकृत समाजवादी विजयी भएको थियो भने २०७० सालमा भीम रावल एमालेबाट विजयी हुँदा दीपक साउद रावलविरुद्ध माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.