धनगढी । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भिमदत्त नगरपालिका १० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए ।
उनका अनुसार शव षड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ । अस्पतालको शव गृहमा राखिएको शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।