मायामेट्रो हस्पिटलमा पहिलोपटक स्टेपलर प्रविधिबाट सुरक्षित र छिटो सुन्नत सेवा सुरु

धनगढी : कैलालीको धनगढीमा पहिलोपटक टाँका बिनाको आधुनिक स्टेपलर प्रविधि प्रयोग गरी सुन्नत (खतना) उपचार सेवा सुरु भएको छ । धनगढीको माया मेट्रो अस्पतालले विशेष मेडिकल उपकरण स्टेपलर प्रयोग गरेर छिटो, सुरक्षित र कम दुखाइ हुने विधि लागू गरेको हो ।

यस प्रविधिबाट गरिने सुन्नत उपचारमा टाँका नलगाउने, रक्तश्राव न्यून हुने र घाउ छिटो निको हुने सुविधा छ । अस्पतालका अनुसार स्टेपलर प्रविधि परम्परागत विधिभन्दा छिटो, सुरक्षित र परिणाम समान देखिने भएकाले सबै उमेर समूहका व्यक्तिले लाभ लिन सक्नेछन् । विशेषगरी मधुमेह तथा अन्य दीर्घरोग भएका बिरामीका लागि यो विधि बढी सुरक्षित र प्रभावकारी रहेको अस्पतालले जनाएको छ । सेवा प्रदान गर्ने वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. सुमित कर्ण ले आधुनिक उपकरण प्रयोग गरी उपचार गर्ने छन ।

सुन्नत (खतना) भनेको पुरुष लिंगको टुप्पामा रहेको छाला सुरक्षित तरिकाले काटेर हटाउने शल्यक्रिया हो । स्टेपलर प्रविधिबाट गरिने आधुनिक विधिमा टाँका नलाग्ने, दुखाइ कम हुने र रक्तश्राव न्यून हुने हुँदा उपचार द्रुत र सुरक्षित बनाइन्छ । यो सेवाले धनगढीमा स्वास्थ्य क्षेत्रमा नयाँ मानक सेट गरेको छ र बिरामीका लागि सहज, सुरक्षित र आधुनिक विकल्प उपलब्ध गराएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.