नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकाल कैलाली क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई भोट माग्न अत्तरियामा
अत्तरिया : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा चेम्बर अफ कमर्स सार्फका अध्यक्ष चण्डीराज ढकाललाई कैलाली क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई भोट माग्न अत्तरियामा पुगेका छन् ।
उनलाई बुधबार अत्तरियामा स्वागत गरे । कार्यक्रममा बोल्दै उम्मेदवार भट्टले अध्यक्ष ढकालको आगमनलाई आफ्नो लागि गौरवको विषय भएको उल्लेख गर्दै अध्यक्ष ढकाल अत्तरियामा पुग्नु खुशीको कुरा भएको बताए ।
उम्मेदवार भट्टले कैलाली क्षेत्र नं. ४ को औद्योगिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा मार्गदर्शन लिन अध्यक्ष ढकाललाई आमन्त्रण गरिएको स्पष्ट पारे । उनले भने, “विकासका लागि सल्लाह र अनुभव दिने व्यक्तित्वको महत्वपूर्ण भूमिका हुन्छ । अध्यक्ष ढकालले उद्योग–व्यापार र आर्थिक विकासका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय छ । म उहाँकै मार्गदर्शनमा अघि बढ्नेछु ।” उनले क्षेत्रको समग्र आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै दीर्घकालीन विकास योजना अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा चेम्बर अफ कमर्स सार्फका अध्यक्ष चण्डीराज ढकालले कैलाली क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट यस क्षेत्रको विकासका लागि उपयुक्त र सक्षम नेतृत्व भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उम्मेदवार भट्टसँग स्पष्ट भिजन, बलियो समन्वय क्षमता र व्यापक सम्बन्ध (कनेक्सन) रहेको उल्लेख गर्दै ती विशेषताहरूले क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, “उहाँमा रहेको दूरदृष्टि र प्रतिबद्धताले यस क्षेत्रलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ । विकासका लागि योजना मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने क्षमता पनि आवश्यक हुन्छ, जुन उहाँसँग देखिन्छ ।”
अध्यक्ष ढकालले पर्यटन प्रवद्र्धन, शिक्षा, खेलकुद तथा उद्यमशीलता विकासका क्षेत्रमा उम्मेदवार भट्टले पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । व्यवसायीहरूलाई लक्षित गर्दै विभिन्न तालिम तथा वर्कशप सञ्चालन गरेर स्थानीय उद्यमशीलता अभिवृद्धिमा भूमिका खेलेको उनले उल्लेख गरे । कार्यक्रममा अध्यक्ष ढकालले औद्योगिक सम्भावनाको पहिचान, उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण निर्माण तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत क्षेत्रको दिगो समृद्धि सम्भव रहेको धारणा पनि राखेका थिए । उनले निजी क्षेत्र र नेतृत्वबीचको सहकार्यबाट मात्र दीर्घकालीन विकास सम्भव हुने बताउँदै समन्वयात्मक पहलको आवश्यकता औंल्याए ।