महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : लेखराज भट्ट

अत्तरिया  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टले समग्र सुदूरपश्चिमको विकासका लागि आफूले ५४ वर्ष राजनीतिमा खर्चेको बताएका छन् ।

बिहीबार अत्तरियाका आयोजित प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा बोल्दै उनले लामो राजनीतिक बिरासत र सुदूरपश्चिममा सञ्चालित महत्वपूर्ण आयोजनालाई पूर्णता दिन र कैलाली क्षेत्र नम्बर ४ का जनताको चाहना पूरा गर्न जनताको आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका भट्टले सुदूरपश्चिमको लाइफलाइनसँग जोडिएका दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्या«ङ सडक, लालपुर–हरैया, डुँडेझारी विशेष आर्थिक निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आवश्यक रहेको बताए ।

उनले आफू मन्त्री हुँदा पहल गरेका सुदूरपश्चिमका महत्वपूर्ण आयोजनाले सुदूरपश्चिममा रोजगारीसँगै मुलुकको समग्र आर्थिक क्षेत्रको विकासका लागि टेवापुग्ने विश्वास व्यक्त गरे । उनले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले पहल गरेका आयोजनाको काम सुस्त गतिमा भइरहेकोले ती आयोजनालाई पूर्णता दिन जनताले फेरी यसपाली पुनः आफूलाई विजयी गराउनपर्ने जिकिर गरे ।

उनले गेटा मेडिकल कजेज स्थापना गर्नमा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए । उनले सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका लागि उत्तर–दक्षिणलाई जोड्नु पर्ने बताए । उनले सडक सञ्जाल विस्तार गरेर उत्तरमा उत्पादित बस्तु दक्षिण र दक्षिणमा उत्पादित बस्तु उत्तर पुर्याउन सके मात्रै सुदूरपश्चिमको आर्थिक सामाजिक रुपान्तरणका सम्भव रहेको बताए ।

यसपालीको आम निर्वाचनमा आफू उम्मेदवार हुँदा जनताको घरदैलोमा गएर भोट माग्दा ठूला दीर्घकालिन योजना भन्दा जनताका नजरमा स–साना योजना पर्ने गरेको अनुभवन प्राप्त भएको बताए । उनले जनताका स–साना योजनाको सम्बोधन स्थानीय सरकार र प्रदेश सरकारले गर्नुपर्ने बताए ।

उनले एमालेको तल्लो तहसम्म पार्टीको बलियो संगठन भएको र पार्टीमा कुनै मतभेद नभएकाले निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.