अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ का ४ वडाको मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिका – १, १०,११ र १२ को मतगणना सकिदा रास्वपाले ४४३० मत ल्याएको हो । रास्वपाबाट खेम राज कोइराला उम्मेदवार रहेका छन् ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १९९५ मत ल्याएको छ । कांग्रेसबाट गोरख विष्ट उम्मेदवार छन् । तेस्रोमा रहेको नेकपा एमाले १६७६ मत ल्याएको छ । एमाले बाट पार्टीका उपमहासचिव समेत रहेका लेखराज भट्ट उम्मेदवार छन्।
चौथोमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको मत आएको छ । नेकपाले ६७३ मत ल्याएको छ । नेकपाबाट हरि चौधरी उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाले १५६ र स्वतन्त्र उम्मेदवारले ५६ मत ल्याएका छ्न । अन्य उम्मेदवारले ५० भन्दा कम मत ल्याएका छन ।