कञ्चनपुर-२ मा काँग्रेस नेता एनपी साउँदलाई पराजित गर्दै रास्वपाका बोहरा निर्वाचित

धनगढी  : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा (एमाले) का बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.