सुदूरपश्चिमका ६ क्षेत्रको मत परिणाम : रास्वपाले ३ सीट जित्यो, कांग्रेस २, एमाले १ मा सीमित

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशका ६ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ क्षेत्रमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले २ र नेकपा (एमाले) ले १ क्षेत्रमा विजय प्राप्त गरेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरी ले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।

टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारू ८ हजार ३९२ मतसहित तेस्रो स्थानमा रहे। नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने ले ४ हजार ४९३, स्वतन्त्र उम्मेदवार फागुराम थारू ले ३ हजार ३८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर ले २ हजार ९३७ मत प्राप्त गरेका छन्।

कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाह ले ११ हजार ९५८ मत प्राप्त गरेका छन्। यसैगरी नेकपाका प्रेम आलेले ७ हजार ८७६ र नेकपा एमालेका यज्ञराज ढुंगाना ले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर(२ मा पनि रास्वपाका दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद ९एनपी० ले १० हजार ८२७ मत, नेकपा एमालेका बचनबहादुर सिंह ले ६ हजार ४१८ मत, नेकपाका माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौत ले १ हजार ९९३ मत प्राप्त गरेका छन्।

यता डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन्। उनले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामी ले १४ हजार ११० मत प्राप्त गरेका छन्। खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन्। यसैगरी रास्वपाका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन्।

अछाम(१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन्। उनले १० हजार ७५९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल ले १० हजार २३३ मत प्राप्त गर्दै ५२६ मतान्तरले पराजित भए। नेकपा एमालेका दीपकबहादुर साउद ले ७ हजार ३८९ मत प्राप्त गरेका छन्।

बझाङबाट भने नेकपा (एमाले) का ऐन महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेही ले १६ हजार ३०४ मत प्राप्त गरेका छन्। महरले २ हजार २३९ मतान्तरले जित हासिल गरेका हुन्। यस क्षेत्रमा नेकपाका मीनबहादुर कुँवर ले ९ हजार ७५७ र रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन्।

यसैबीच सुदूरपश्चिमका अन्य निर्वाचन क्षेत्रहरूमा पनि मतगणना जारी छ। हालसम्म कैलाली २, ३ र ४, कञ्चनपुर १ र ३, डडेलधुरा तथा बैतडी मा रास्वपाले अग्रता लिइरहेको छ। यस्तै बाजुरा र दार्चुला मा नेपाली कांग्रेसले अग्रता बनाएको छ भने अछाम(२ मा नेकपा एमाले अगाडि रहेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.