कांग्रेस नेता देवाको गृह जिल्ला डडेल्धुराबाट रास्वपाका तारा जोशी निर्वाचित

डडेल्धुरा  : राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुरले निरन्तर जितिरहेको डडेल्धुरामा जित निकालेको छ।

रास्वपाका तारा जोशीले कांग्रेसका नैनसिंह महरलाई पराजित गर्दै कांग्रेसको गढ भत्काएका हुन्। प्रदेश सभाबाट राजीनामा दिएका जोशी केही समयअघि मात्र रास्वपा प्रवेश गरेका थिए।

निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार जोशीले १९ हजार १३१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका महरले १२ हजार १२१ मत पाए।

नेकपाका मानसिंह मालले ६ हजार ८३४, एमालेका चक्र स्नेहीले २ हजार ९२६ मत ल्याए। डडेल्धुरा कांग्रेसका देउवाको गृहजिल्ला पनि हो। जहाँबाट उनी २०४८ यता निरन्तर जित्दै आएका थिए। यसपटक देउवा मतदान गर्न पनि गएनन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.