अत्तरिया : कैलाली निर्वाचन क्षेत्र ३ मा रास्वपा विजयी भएको छ । रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका हुन् । उनले २० हजार ३५९ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए । कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत ल्याए ।
त्यस्तै नेकपा एमालेका गौरीशंकर चौधरीले ४ हजार ७५२ मत ल्याउँदा नाउपा नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत ल्याएका छन् ।