धनगढी : प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का खेम राज कोइराला विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणाम अनुसार कोइराला प्रतिस्पर्धी उम्मेदवार भन्दा १७ हजार २५५ मतान्तरले विजयी भएका हुन ।
उनी २८ हजार ५५६ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका छन् । तेस्रोमा नेकपा एमालेका लेख राज भट्टले ९ हजार ४४४ र चौथोमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का हरि राम चौधरीले ५ हजार ६०९ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमल रजवारले १ हजार ३५८ मत ल्याएका छन् । कैलाली ४ मा एक जना स्वतन्त्र सहित १६ जना प्रतिस्पर्धी रहेकोमा अन्य उम्मेदवारले भने १ हजार मत पनि कटाउन सकेका छैनन् ।