कञ्चनपुर : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता विजयी भएका छन । उनी २७ हजार ११८ मतसहित विजयी भएका हुन ।
सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार महताले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै जीत हासिल गरेका हुन्।
मत परिणाम अनुसार बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका दीपकप्रकाश भट्टले ७ हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले ४ हजार २८४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा एक लाख ३ हजार ८७ मतदाता रहेकोमा ५८ हजार ३६१ मत खसेको थियो ।