कञ्चनपुरमा रास्वपाको क्लिन स्वीप

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी बिना मगरले ११ हजार ११० मत ल्याइन् ।

त्यस्तै कांग्रेसका गोपी उपाध्यायले आठ हजार ४६७, नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत ल्याए । १ नम्बरमा धामीको जितसँगै रास्वपाले कञ्चनपुरमा क्लिन स्वीप गरेको छ । यसअघि नै २ नम्बर क्षेत्रमा रास्वपाकै दीपक बोहरा र ३ नम्बरमा ज्ञानेन्द्र महता विजयी भइसकेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.