कैलालीको भजनीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको खुलासा

धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत अवस्थामा फेला परेकी महिलाको श्रीमानबाटै हत्या गरिएको पुष्टि भएको छ ।

गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीको श्रीमती अन्दाजी ५० वर्षीया माना देवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियोे ।

शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकि चौधरीको उनकै श्रीमानले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले बताए ।

उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । आमाको हत्यापछि बुवाविरूद्व छोरा २८ वर्षीय मगरु चौधरीले कारवाहीको माग गर्दै कर्तव्य ज्यान शिर्षकमा जाहेरी दिएका छन् ।

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.