सुदूरपश्चिमका सेती प्रादेशिक सहित तीन अस्पतालमा पदाधिकारी नियुक्त

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालसहित तीन अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ । आईतबार मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुढा अस्पतालमा पदाधिकारी नियुक्त गरिएको हो ।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन् । सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन् । अन्य तीन सदस्य पछि नियुक्त गरिने जनाइएको छ ।
लम्कीचुहा प्रादेशिक अस्पतालमा अध्यक्षसहित पाँच जना नियुक्त भएका छन् । रामबहादुर विष्ट अध्यक्ष नियुक्त हुँदा सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन् ।
जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन् । सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.