कैलालीमा सशस्त्रको गुल्ममा भिड छिरेर डीएसपीमाथि हातपात

धनगढी : कैलालीमा गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ । जिल्लाको खक्रौला भन्सारनजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा भिड पसेको हो ।
स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागितामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरू गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादति गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको जनाएको छ ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ । डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.