धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस अनियमितता, क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

धनगढी : धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि विवाद चर्किएको छ। क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले आज क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

स्ववियु अध्यक्ष दिपक राज भट्टद्वारा जारी विज्ञप्तिअनुसार क्याम्पसको हलका लागि फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको छैन। कोटेशनसमेत नखोली काम अघि बढाइएको आरोप लगाउँदै यसले आर्थिक पारदर्शिता र संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उनले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.