अत्तरिया । कैलालीको अत्तरिया बसपार्कमा बसभित्र प्रवेश गरि चोरी गर्ने क्रममा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । शुक्रबार बिहान बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा बझाङ घर बताउने करन धामी र सुवाश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएपछि पक्राउ गरिएको हो । उनीहरु मध्ये धामी भने पटक पटक चोरी मुद्दामा पक्राउ पर्दै आएका युवक हुन् । उनी तीन दिनअघि मात्रै छुटेका थिए ।
दुवै जनालाई इप्रकामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।