कञ्चनपुरमा झन्डै ११ लाखको अवैध सामान बरामद

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बैजनाथ टोल र बेलौरी नगरपालिका–१ बैशाखा क्षेत्रबाट भन्सार छलि गरी भारतबाट ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका इकाइबाट खटिएको गस्ती टोलीले बिहीबार बेवारिसे अवस्थामा अन्दाजी १० लाख ८५ हजार १५० रुपैयाँ बराबरका सामान फेला पारेको हो।

बरामद सामग्रीमा २ ट्रली केरा (ट्रलीसहित), चुना, मोबाइल ग्लासलगायतका सामान रहेका छन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सबै सामान नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.