अत्तरिया : कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान बर्दगोरिया गाउँपालिका ४ को भित्रि सडकखण्ड नौनियामा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोहि ठाउँकी ४२ वर्षीय दिपा न्यौपानेको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी न्यौपानेको उपचारकाक्रममा दोदोधरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालक २६ लक्ष्मण घर्तिमगर इलाका प्रहरी कर्यालय सडकपुर बौनियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।