अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा रहेको ग्वासी समैजी दुर्गादेवी मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
२०३७ सालमा स्थापना गरिएको उक्त मन्दिरको पुनर्निमाणपछि आज प्राणप्रतिष्ठा गरिएको हो । दाताहरुको सहयोग र जनश्रमदान गरी करिब ६ लाखमा मन्दिर पुनर्निमाण गरिएको निर्माण समितिका अध्यक्ष नर बहादुर रोकामगरले बताए ।
२०३७ सालमा स्याउलेमा बस्ती बस्दै गर्दा सरकारका निकायले दुख दिन थालेपछि आफूहरुले देवीलाई सम्झेर थान स्थापना गरेको र त्यसपछि देवीको शक्तिले बस्ती बस्न सहज भएको विश्वास ज्येष्ठनागरिक एवम् समाजसेवी प्रेम बहादुर बोगटीले व्यक्त गरे ।
उक्त दुर्गादेवी मन्दिरमा हरेक वर्षको नवरात्रमा पूजाआजा हुने गर्दछ । मन्दिर पुनर्निमाणमा स्थानीय सरकारले भने आफूहरुको माग वेवास्ता गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।