अत्तरिया : पर्यटन पुर्वाधार समृद्ध प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको जलयात्रा महोत्सव २०८२ भोली सोमबारदेखि सुरु हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत को प्रदेश पर्यटन इकाइ कार्यन्वन कार्यक्रमको आयोजनामा बोकटान फुडसिल गाउँ–पालिका डोटीको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा डोटीको सेती नदी बाट जलयात्रा महोत्सव सुरु हुने भएको छ ।
जलयात्रा सेती नदी, ठुलीगार्ड नदि हुँदै कर्णाली नदि सम्म यात्रा गरिने छ । यस्ले यहाँ आउने आन्तरिक तथा बाहय पर्यटनहरु लागि जलयात्रा (¥यापटिङ्ग) का लागि कस्तो वातावरण छ सम्भाब्यता अध्ययन सगैं, जलयात्रामै रमाउने पर्यटन भित्र्याउने यो कार्यक्रम महत्वपूर्ण भुमिका खेल्ने सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रमका प्रमुख डबलबहादुर बोहराले बताए ।
जलयात्रा महोत्सव कार्यक्रममा विभिन्न देशका बिदेशी पर्यटक २५ जना सहभागी रहेका छन् भने २५ जना नेपाल जलयात्रा (¥यपटिङ्ग) गाइड, चालकहरुको सहभागी रहेको कर्णाली ¥यापटिङ्ग एन्ड एडभेन्चर चिसापानीका प्राबिधिक सहयोग रहेको कर्णाली ¥यापटिङ्ग एन्ड एडभेन्चर चिसापानीका प्रमुख देबराज जैसीले जानकारी दिए ।
कार्यक्रम भोली बिहान ९ बजे सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोइरालाले जलयात्राका सहभागीलाई सेती नदिमा स्वागत गर्दै यात्रा सुरु हुनेछ । महोत्सवमा सहभागीहरु आईतबार नै डोटीको दिपायल पुगि सकेका छन् ।
जलयात्रा महोत्सव कार्यक्रममा मोहन्याल गाउँ पालिका कैलाली, पन्चपुरी नगरपालिका सुर्खेत, ठाकुरबाबा नगरपालिका बर्दियाले पनि सहकार्य गरेका छन भने बुद्ध एयरलाइन्स, होटल एल अफ ठमेल, सालिनी बाटिका तथा इको रिसोर्ट गोदावरी, रिभरसाइट होटेल दिपायल, वर्षा होटेल दिपायल डोटीले सहकार्य गरेका छन् ।