ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अस्पतालतर्फ लगिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिनेछ ।

आज बिहान भक्तपुरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.