विध्वंश मच्चाउनेलाई लुकाउन र एकपक्षलाई फसाउन मिल्दैन : कांग्रेस नेता महर

अत्तरिया  : नेपाली कांग्रेसका नेता नैनसिंह महरले गत २३ र २४ भदौको घटनामा निष्पक्षता देखाउन माग गरेका छन् ।

२३ भदौको घटनामा मात्रै एउटा पक्षलाई दोषी देखाउँदा २४ का विध्वंशकलाई बेवास्ता नगर्न आग्रह गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत महरले यस्तो माग गरेका हुन् ।

‘अपराधको प्रकृति र गम्भीरताअनुसार प्रचलित कानुनबमोजिम निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्छ । भाद्र २३ र २४ गतेका घटनाहरूमा योजनाबद्ध रूपमा घुसपैठ गराई ध्वंस मच्चाउने तत्त्वहरूको निष्पक्ष छानबिन गरी कारबाही गरिनुपर्छ । दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन’, महरले लेखेका छन्, ‘जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन् । राज्यले कानुन मिचेर अगाडि बढदा, प्रतिशोधले देश जलाउने मात्रै हो । पटक–पटक द्धन्द्ध ब्यहोरेको देशको शान्ति खल्बलिँदा आखिर नेपाली नै प्रभावित हुने कुरामा दुई मत छैन । चेतना भया ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.