धनगढी : डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा पनि एमालेको प्रदर्शनमा उत्रिएका छन् । एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका ओझा एमालेका जनसंगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा देखिएका हुन् ।
सो क्रममा ओझाले लुगा फुकाल्दै गोली ठोक्नुस भनेको भिडियो भाइरल भएको छ । दोषी भए कानुनसम्मत कारबाही हुनुपर्छ, ओझाले भने, बिरामी र वृद्ध व्यक्तिलाई धरपकड गर्नु हुँदैन भनेर सडकमा उत्रिएको हुँ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिस अनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । त्यसको विरोधमा एमालेले देशभर प्रदर्शन गरेको छ ।